राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेरः पौडेल पुगे मुद्रामा, बढुवा गरेर रावललाई सुपरीवेक्षणमा ल्याइयो

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख रहेका कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ । राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आजकै मितिदेखि लागू हुनेगरि तीन जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग प्रमुख रहेका रामु पौडेललाई मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ । सुपरिवेक्षण विभागमा दीर्घबहादुर रावललाई ल्याइएको छ ।

Seti Hospital

रावल आइतबार मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । त्यसअघि उनी मुद्रा व्यवस्थापन विभागमा निर्देशक थिए ।

त्यस्तै, कार्यकारी निर्देशक प्रदीपराज पौड्याललाई सूचना प्रविधि विभागमा सरुवा गरिएको छ । यसअघि उनी मुद्रा व्यवस्थापन विभागका प्रमुख थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार