विपक्षी टसमस नभएपछि बुधबारका लागि सारियो प्रतिनिधिसभा बैठक

काठमाडौं : गृहमन्त्री रमेश लेखकको राजीनामाबारे दलहरूबीच सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेका लागि सारिएको छ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेसम्म सारिएको थियो। तर, कुनै सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो। 

Seti Hospital

भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने विपक्षी दलहरूको माग छ। प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूको मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकले गृहमन्त्री लेखकको राजीनामा आवश्यक भएको निष्कर्ष निकालेको थियो।

त्यसपछि सभामुखले सत्ता र विपक्ष दुबै पक्षका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि बैठक कुनै निष्कर्षमा पुग्न सकेनन्।
यसअघि सोमबार साँझ सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो। तर, दुवै पक्ष आफ्ना अडानमा कायम रहेकाले सहमति जुटेन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार