सदन खुलाउन विपक्षी दलको तीन शर्त, ०६४ यताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने

काठमाडौं :  विपक्षी दलको बैठकले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। भिजिट भिसा प्रकरणमा अहिलेका गृहमन्त्री रमेश लेखकको संलग्नता रहेको दाबीसहित उनीहरूले ०६४ सालयताका सबै गृहमन्त्रीमाथि छानबिन गर्न प्रस्ताव गरेका हुन्।नेकपा मा‌ओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको छलफलले भिजिट भिसा प्रकरणमा सम्बन्धित छानबिन बनाउने र यसलाई सधैँका लागि निराकरण गर्नुपर्ने प्रस्ताव सार्वजनिक गरेको हो।

विपक्षीको निष्कर्ष :
१. उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले श्रम ऐन, २०६४ आएपश्चात्को समयदेखि हाल रहनुभएको गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने ।
२. आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीज्यूले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ ।
३. यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीज्यूले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार