विपद्जन्य घटना न्युनिकरणका लागि पूर्व तयारी गर्दैछौं : मन्त्री सिंह

२० जेठ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री सिंहले समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता काम भइरहेको बताए ।

Seti Hospital

उनले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरु सफाई गर्ने कार्य शुरु गरिसकेको उल्लेख गरे । अचानक आउने विपद्बाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको उनले बताए ।

उपप्रधानमन्त्री सिंहले भने, ‘समयमै नदी र खोलाहरुलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । अधिकार सम्पन्न वागमती सभ्यताबाट नै नदीहरु सफाई गर्ने कार्य शुरु भइसकेको छ ।’

अचनाक आइपर्ने विपत्तिका लागि मन्त्रालय आवश्यक तयारी गरिरहेको उनले बताए । मनसुनबारे पूर्वसूचना अनुसार विगतमा भएका कामबाट सिकेर अघि बढ्न आवश्यक रहेकोमा उनको जोड छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार