प्राथमिकताको आधारमा बजेट विनियोजन होस् : कांग्रेस सुदूरपश्चिम 

धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट विनियोजन गर्न आग्रह गरेको छ ।

कांग्रेस सुदूरपश्चिम कार्यसमितिको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश सरकारलाई पहुँचको आधारमा बजेट विनियोजन नगर्न सचेत गराएको हो । 

Seti Hospital

पार्टीका प्रवक्ता सुरतबहादुर रावतले पहुँच र सिफारिसका आधारमा बजेट विनियोजन गरिँदा विकास असमान हुने भएकाले स्थानीय माग र वास्तविक आवश्यकताको आधारमा योजनाहरू निर्धारण गर्नुपर्ने माग बैठकले गरेको बताए।

कार्यवाहक सभापति लोकराज अवस्थीको अध्यक्षतामा बसेको बैठकले बजेट विनियोजन गर्दा दैवी प्रकोप, अति विपन्नता, सीपमूलक आयआर्जन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ ।

कांग्रेसले प्रदेश सरकारसँग मानव जीवनको दैनिकीसँग जोडिएका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै अति विपन्न वर्गको आयमूलक तथा सीप विकास कार्यक्रममा बढी जोड दिन आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार