बजेटपछिको पहिलो दिन नेप्से झिनो अंकले बढेपनि कारोबारमा सुधार

काठमाडौ : आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक भएपछिको पहिलो कारोबार दिन नेप्से सूचक सामान्य अंकले बढेपनि कारोबारमा भने सुधार आएको छ । नेप्से सूचक १.६० विन्दुले बढेर २६९४.६६ अंकमा पुगेको छ । बजेटको अघिल्लो दिन नेप्से १७ अंकले बढेको थियो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बुधबार साढे ८ अर्बको शेयर खरिदबिक्री भएकोमा सोमबारको बजारमा ९ अर्ब २२ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Seti Hospital

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमुहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

यसदिन १३३ कम्पनीको शेयर मूल्य घट्दा ११५ को मात्र बढेको छ । दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ६.४५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । जसको ८७ करोड ४७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार