महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल प्रविधिमार्फत मधेश प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रका सडकको शिलान्यास गरेका छन्। आइतबार जनकपुरस्थित महेन्द्र नारायण निधी सभाहलमा आयोजित एक समारोहबीच उनले मधेशका एक निर्वाचन क्षेत्र एक सडक योजनाको शिलान्यास गरेका हुन्।
मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १९८ किलोमिटर सडक निर्माण गर्न लागेको मन्त्री सरोजकुमार यादवले जानकारी दिए। अगामी वर्षको बजेटमा एक सडक एक पुलको योजना पनि प्रदेश सरकारले ल्याउने उनले बताए।
प्रतिक्रिया दनुहोस्