काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम कैलालीको लम्कीमा सम्पन्न गरेको छ।
कार्यक्रममा कम्पनीका विभिन्न बीमा योजनाहरू, तिनका फाइदाहरू, वार्षिक तथा मासिक स्किमबारे विस्तृत छलफल गरिएको छ।
कार्यक्रमको प्रारम्भ प्रदेश प्रमुख पदम रानाको स्वागत मन्तव्यबाट भएको थियो भने तालिमको सहजीकरण तालिम प्रमुख डा. योगेन्द्र खतिवडाले गरेका थिए। लम्की, टिकापुर र सुखड क्षेत्रका करिब ८० जना सक्रिय अभिकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा चालू आर्थिक वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान पनि गरिएको थियो।
कार्यक्रमको सञ्चालन लम्की कार्यालय प्रमुख भीम खतिवडा र टिकापुर शाखाका नरबहादुर शाहीले संयुक्त रूपमा गरेका थिए। धन्यवाद ज्ञापन चक्र कार्की र प्रतिभा बोगटीले गरेका थिए।
प्रतिक्रिया दनुहोस्