लागुऔषध ओसारपसारमा कुकुर प्रयोग, ‘रक्की’को घाँटीमा भेटियो ब्राउनसुगर

घरपालुवा कुकुरको घाँटीमा बाँधिएको बेल्टमा लुकाएर राखिएको ब्राउन सुगर ।

१६ जेठ, विराटनगर । लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गर्ने गरेको पाइएको छ । बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।

Seti Hospital

उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए ।

उनीमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा  कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो ।लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीको घरमा पालिएको हो ।

भण्डारीलाई कुकुरसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार