काठमाडौं : सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध भएपछि सभामुख घिमिरेले बिहान ११ बजे दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ।
संसदको अवरोध र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले छलफल तथा बैठक बोलाइएको हो। लगत्तै १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।
बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले अवरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।
प्रतिक्रिया दनुहोस्