लागुऔषधसहित एक पक्राउ

धरान : लागुऔषधसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट एक जनालाई पक्राउ गरेको छ। सुनसरी रामधुनी नगरपालिका–४ बस्ने  २१ वर्षीय आशिस चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिएका छन्। 

डीएसपी खतिवडाले चौधरीको साथबाट स्पास्मो प्रोक्सिभन ६ हजार ६ सय क्याप्सुल, ट्रमोल ९० क्याप्सुल, नाइट्रेजम्प एकसय ६० ट्याब्लेट  बरामद गरिएको बताए। 

चौधरीलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी खतिवडाले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार