अत्तरियाबाट ४२ लाखको अवैध सामान सहित एक जना पक्राउ

अत्तरिया – कैलालीको अत्तरियाबाट प्रहरीले ४२ लाख ९७ हजार ५ सय बराबरको अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार गोदावरी नगरपालिका – २ वीर बहादुर साउदको घरमा कोठा गरी बस्ने डडेल्धुरा आलीताल गाउँपालिका – ४ का ३२ वर्षीय मान बहादुर वली पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उनी बस्ने कोठामा चेक जाँच गर्दा  भन्सार छलीका २ हजार ८२५ थान मोबाइलका डिस्प्ले बरामद गरेको हो ।

Seti Hospital

प्रहरी नायव उपरीक्षक चन्दले बरामद गरिएको सामान सहित पक्राउ परेका वली नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार