अत्तरिया – कैलालीको अत्तरियाबाट प्रहरीले ४२ लाख ९७ हजार ५ सय बराबरको अवैध सामान सहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार गोदावरी नगरपालिका – २ वीर बहादुर साउदको घरमा कोठा गरी बस्ने डडेल्धुरा आलीताल गाउँपालिका – ४ का ३२ वर्षीय मान बहादुर वली पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रण बहादुर चन्द र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले उनी बस्ने कोठामा चेक जाँच गर्दा भन्सार छलीका २ हजार ८२५ थान मोबाइलका डिस्प्ले बरामद गरेको हो ।
प्रहरी नायव उपरीक्षक चन्दले बरामद गरिएको सामान सहित पक्राउ परेका वली नियन्त्रणमा लिई भन्सार कार्यालय बुझाउने तयारी गरिरहेको बताएका छन् ।
प्रतिक्रिया दनुहोस्