कैलालीमा चार लाखको अवधै सामानसहित २ जना पक्राउ

धनगढी । कैलालीका विभिन्न स्थानबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका सामान बरामद गरिएको छ । कैलाली प्रहरीले भजनी र धनगढी क्षेत्रबाट अवैध रुपमा भन्सार छली गरेर ल्याइएका चार लाख बराबरका अवैध सामान बरामद गर्दै दुई जनालाई पक्राउ गरिएको जनाएको छ ।

भजनी नगरपालिका–७ भुरुवा घाटबाट अन्दाजी एक लाख ५९ हजार सात सय बराबरका सामान बरामद गरिएको छ । प्रहरीकाअनुसार क्रेङ सापट, स्टेप लाइजर, बेयरिङ, हाइड्रोलिक फिल्टर, आयल फिल्टर, क्लच प्लेट, रोटामेटर क्रस, च्याम्बर नट, आयल सिल र एक थान साइकल बरामद गरिएको छ । ती सामान ओसारपसारमा संलग्न भजनी नगरपालिका –७ का ३० वर्षीय ललित यादवलाई इलाका प्रहरी कार्यालय पृथ्वीपुरले नियन्त्रणमा लिएको हो।

Seti Hospital

यस्तै, भजनी नगरपालिका–८ को सुनाफाटा क्षेत्रबाट अन्दाजी दुई लाख ३० हजार बराबरका गिरीराज जातका कुखुराका चल्ला र से ५ प ५१५२ नम्बरको मोटरसाइकलसहित जोशीपुर गाउँपालिका–५ सिमराना बस्ने २३ वर्षीय सैयद हुसेनलाई पनि पक्राउ गरिएको छ ।
उनलाई प्रहरी चौकी जनकपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसैगरी, धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट अबैध रूपमा ल्याइएको अन्दाजी १० हजार २५० बराबरको सुर्ती, ललिपप लगायतका सामग्री बरामद गरिएको छ । यसरी बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार