जनशक्तिको अभावमा मेची अस्पतालको सेवा खस्किएपछि मन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

झापा : संघीय सरकारबाट प्रदेश मातहत आएपछि साबिक मेची अञ्चल अस्पतालको सेवा खस्किँदै गएको छ। साबिक मेची अस्पतालबाट प्रादेशिक अस्पताल भद्रपुर नामकरण गरिएको अस्पतालमा चिकित्सकसहितको आवश्यक जनशक्ति तथा अन्य भौतिक संरचनाको अभावले अस्पतालको सेवा खस्किँदै गएको हो। 

नाम अनुसारको स्वास्थ्य सेवा प्रदान गर्न कठिनाइ भएको भन्दै अस्पताल प्रशासनले कोशी प्रदेशका भौतिक विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईको ध्यानाकर्षण गराएको छ। 

SHIKHAR COOL TECH

अस्पतालको निरीक्षण तथा अनुगमनमा आएका मन्त्री राईलाई निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामबाबु खडकाले अस्पतालको वर्तमान अवस्था र भविष्यमा सुधार गर्नुपर्ने विषयवस्तुको बारेमा जानकारी गराउँदै विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । 

प्रदेश मातहत गएपछि १२६ शय्याबाट २०० शय्यामा स्तरोन्नति भएको अस्पतालमा १०३ जनाको कर्मचारी दरबन्दी रहेको छ। जसमा २१ जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा ११ जना रिक्त छ। डा. खडकाले भने,‘स्वास्थ्य बीमा कार्यक्रमको कारण दैनिक औसत ५०० जना बिरामी उपचारका लागि आउने गरेकोमा  चिकित्सकको अभावले उपचारमा समस्या भइरहेको छ।’ यस्तै अस्पतालमा भौतिक पूर्वाधारको पनि अभाव रहेको उनले बताए। 

अस्पतालको ज्ञापनपत्र बुझ्दै मन्त्री राईले प्रादेशिक अस्पतालका लागि प्रदेश सरकारको तर्फबाट गर्नसकिने काम तत्काल पूरा गर्ने आश्वासन दिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार