बैतडीको तल्लोस्वराडमा विद्युत् विस्तार धमाधम

बैतडीः बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रमा विद्युत् विस्तार धमाधम भइरहेको छ। बैतडीको तीन स्थानीय तह मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा विद्युत् विस्तारको काम धमाधम भइरहेको हो। 

‘उज्यालो पञ्चेश्वर’ बनाउने उद्देश्यले यहाँ विद्युत् विस्तारको काम धमाधम भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा उज्यालो पञ्चेश्वरलाई प्राथमिकता दिएको र सोहीअनुसार कार्यक्रम अघि बहिरहेको हो। 

Seti Hospital

उनले भने, ‘नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय लाइन विस्तार अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाभित्र पाँच हजार घरधुरी रहेकोमा चार हजार बढी घरधुरीमा विद्युत् सेवा पुगिसकेको छ। उज्यालो पञ्चेश्वरको सपना थियो, पूरा हुने तयारीमा छ।’

पञ्चेश्वर गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ देखि नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तारको काम गरिरहेको छ। चार करोड ९३ लाखको ठेक्कामार्फत पञ्चेश्वरमा विद्युतीकरणको काम भइरहेको र गाउँपालिकाको वडा नम्बर २ मा केही दिनभित्रै बिजुलीबत्ती बाल्ने तयारी भएको अध्यक्ष चन्दले बताए। वर्षाँैदेखि टुकीको भरमा बस्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय नरेन्द्र चन्दले बताए। उनले भने, ‘बिजुली सपना जस्तै थियो तर अब भने त्यो सपना पूरा भएको छ।’

विद्युत विस्तार भएसँगै यहाँका नागरिक खुसी भएका छन्। नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जिल्लाका विद्युत् सेवा सबै नागरिकको पहुँचमा पु¥याउने लक्ष्य रहेको बताए। उनले भने, ‘जिल्लामा रहेका सबै अध्यारा बस्तीहरुमा विद्युत् विस्तारको काम हुँदैछ। छिट्टै नै सबै नागरिक विद्युतको पहुँचमा पुग्छन्।’ 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार