जेठ १६ गतेदेखि असार १ सम्म कागेश्वरी-मनोहरा महोत्सव हुँदै

काठमाडौं: मुलपानीमा जेठ १६ गतेदेखि असार १ सम्म कागेश्वर मनोहरा (मुलपानी) महोत्सव हुँदैछ। कृषि, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको गुणस्तरीय प्रस्तुति र बजार विस्तारमा सहयोग पुर्‍याउन  महोत्सवको उद्देश्य रहेको   आयोजकले जनाएको छ।

महोत्सवका अध्यक्ष कपिल कार्कीले  राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने यो महोत्सव कागेश्वरी मनोहरालाई देशव्यापी रूपमा चिनाउने  महत्त्वपूर्ण अवसर रहने बताए।

Seti Hospital

‘मुलपानी क्षेत्र कृषि उत्पादनका हिसाबले देशभर प्रख्यात छ।,’ कार्कीले भने, ‘काठमाडौंकै आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा पनि यसको भविष्य उज्ज्वल छ।’

महोत्सवको मुख्य आयोजक आर्या मिडिया प्रालि रहेको छ भने व्यवस्थापन संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिले गरेको छ। यसैगरी विशेष सहयोगी भने अमर सिंह युवा क्लब पिपलबोट युथ क्लबको रहेको छ।

उक्त महोत्सवमा टिकट सुरुका दिनमा निःशुल्क रहने र ४/५ दिनपछि भने टिकट लिएर मात्रै महोत्सव हेर्न पाउने व्यवस्थापन मिलाएको आयोजक संस्थाले जनाएको छ।

महोत्सवको मूल उद्देश्य कृषि, घरेलु तथा साना उद्योगको प्रवर्द्धन गर्दै स्थानीय उत्पादनको गुणस्तरीय प्रस्तुति र बजार विस्तारमा सहयोग पु¥याउनु रहेको छ। साथै आधुनिक ग्रामीण प्रविधि र सूचना प्रविधिको समेत प्रदर्शनी गरिने छ, जसबाट उद्यमशीलता र प्रविधि हस्तान्तरणलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

महोत्सवमा बालबालिकाका लागि बालउद्यान, युवाहरूका लागि नयाँ प्रविधि र नवप्रवर्तनको जानकारी दिने स्टलहरू, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी परम्परागत संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने छन्।

वरिष्ठ कलाकार कुमारमणि गजुरेलले आफूले विभिन्न महोत्सवमा भाग लिंदै आएकोमा यस पटक आफ्नै जन्मभूमिमा सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गरे। ‘२०५२ सालदेखि कलकारितामा सक्रिय रहँदा धेरै कार्यक्रम विभिन्न ठाउँमा सञ्चालन गरियो,  उनले भने, ‘आफ्नै  क्षेत्रमा कार्यक्रम गरेर यहाँको संस्कृति चिनाउने अवसर मिलेकोमा खुसी लागेको छ।’

उक्त महोत्सव बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चल्ने भएको र महोत्सवको सबै तयारी पूरा भएको बताए। महोत्सव व्यापारिक हिसाबले पनि व्यापक रहने संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिका सिताराम दाहालले जानकारी दिए।

महोत्सवमा रचना रिमाल, एलिना चौहान, ज्योति मगर, उर्गेन दोङ, धिरज राई, टीका प्रसाईं, आयुषा गौतम, रमेश राज भट्टराई, एन्जिला रेग्मी, नवराज घोरासैनी, सरु गौतम, चन्द्रसिंह घले, रवि रिमाल, राजनराज चौलागाईं (खैराते)को प्रस्तुतीकरण रहने छ।

त्यसैगरी डिजराज पौडेल, रामचन्द्र अधिकारी (गोप्ते काजी) सिर्जना खत्री (हाउडेमाया), अनित विष्ट, कर्णराज गिरी, डेविङ शंकर, विश्वराज कार्की, कुमार गजुरेल, रामकुमार थापा, नवराज ढुङ्गाना, सानू केसी, लक्ष्मी दर्नाल, सविना दाहाल, सदिच्छा बजगाई, मदन विष्ट, रमेश मेलोडी, ईन्द्र विन्दास, विनोद लामा आदिले आफ्नो प्रस्तुति दिने आयोजकले बताएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार