धनगढीमा साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ

धनगढी : कैलालीमा झण्डै साढे तीन किलोग्राम चाँदीका गहनासहित एक जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१० सिमलघाटबाट अवैध तीन किलोग्राम ३७० ग्राम चाँदीका गहनासहित हरिलाल राना पक्राउ परेका हुन्।

भारतबाट नेपाल तर्फ आउदै गरेका रानालाई अस्थायी प्रहरी पोस्ट जुगेडाको टोलीले सोमवार पक्राउ गरेको हो। भारतको सुडा बजार घर बताउने ३२ वर्षीय रानालाई चाँदीका गहनासहित भन्सार कार्यालय, कैलालीमा बुझाइएको छ।

कैलाली प्रहरीका प्रवक्ता राजकुमार सिंहले ६ लाख ३४ हजार एक सय ८३ रुपैयाँ बराबरका तस्करीको चाँदीका गहना भन्सार कार्यालय बुझाएको बताएका छन्। भन्सार कार्यालयले उनीमाथि कारबाही गर्ने प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार