रिहा भए दुर्गा प्रसाईंका दुई बडिगार्ड

काठमाडौं : गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंका दुवै अंगरक्षक रिहा भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि दीपक खड्का र रामकुमार धिमाल रिहा भएका हुन् । खड्का प्रसाईंसँगै भारतबाट पक्राउ परेका थिए ।

Seti Hospital

जिल्ला प्रहरी परिसर काठमाडौंले खड्का र धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले  वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । दुवैजना आइतबार बेलुका नै रिहा भएका थिए ।

तीनकुने घटनामा प्रसाईंसहित ६१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा र चार जनाविरुद्ध बाल अदालत भक्तपुरमा अभियोग दर्ता भएको छ । न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा उनीहरूको बकपत्र भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार