कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दी स्थित सुदूरपश्चिम प्रदेश ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदल यात्री ५५ वर्षीय मानबहादुर चौधरीको मृत्यु भएको हो। मोटरसाइकलले सोमवार साँझ चौधरीलाई ठक्कर दिदा चौधरी गम्भिर घाईते भएका थिए। उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा उपचारको क्रममा चौधरीको ८ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Seti Hospital

मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–७ बस्ने २५ वर्षीय भरतबहादुर बम घाईते भएका छन्। घाईते बमको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। मोटरसाइकल र पछाडी सवार सोही सोही ठाउँ बस्ने २४ वर्षीय लक्ष्मणबहादुर सिमलालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार