नाम्खा गाउँपालिकाको तिल गाउँमा गएको बाढी पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले ५ हजार ३ सय ५० मिटरमाथि हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको छ ।
यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा ताल भेटिएको अध्ययन टोलीका सदस्य शिवकुमार बास्कोटाले जानकारी दिनुभयो ।
अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी हुनुहुन्छ ।
जेठ १ गते बिनावर्षा नै एक्कासी बाँढी-पहिरो आउँदा नाम्खाको तिलगाउँ बिस्थापित हुन पुगेको छ ।
हिमतालमा पुगेर अध्ययन टोलीले पठाएका तस्बीरहरु
प्रतिक्रिया दनुहोस्