लुम्बिनीमा भारत, पाकिस्तान र चीनको प्रोक्सी लडाईँ

भारत र पाकिस्तान युद्धको बाछिटा शान्तिका अग्रदूत बुद्धको जन्मस्थल लुम्बिनीसम्म पुगेको छ । कुरा बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रमको हो । वैशाख २९ गतेको उपलक्ष्यमा  भव्य कार्यक्रम आयोजना गरिएको थियो, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनुभयो । 

सहभागिताका लागि लुम्बिन बिकास कोष र  परराष्ट्र मन्त्रालयले नेपालस्थित सबै राजदूतलाई निम्तो दिएको थिए तीमध्ये भारत, चीन, थाइल्याण्ड र पाकिस्तानी राजदूतलगायत श्रीलंकाका चार्ज डे अफेयर्स र अमेरिकी डिसिएमले आउने प्रतिबद्धता जनाइसकेका थिए । सबै राजदूतलाई मञ्चमा आसीन गराउने कार्यक्रम थियो । तर, जब पाकिस्तानी राजदूतलाई पनि बोलाइयो सूचना चुहियो । तब भारतीयको तर्फबाट कडा आपत्ति जनाउन थालियो । आयोजक लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हार्केल लामालाई भेटेरै रिस पोख्ने काम भयो । कुरो यतिसम्म बढ्यो कि भारतीय पक्षले कार्यक्रममा सरिक नहुन फोन र इमेलसमेत गर्न लागियो । पाकिस्तानी राजदूतलाई बाटैमा रोकाइयो । त्यसो त त्यसबेलासम्म भारत र पाकिस्तानबीचको लडाँईँमा बिराम लागिसकेको थियो । तैपनि, भारतीयले पाकिस्तानी राजदूतको उपस्थितिका कारण स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्नेसम्मको चेतावनी दियो । 

Seti Hospital

कुरो त्यतिले सकिएन । पछिल्लो भारत र पाकिस्तानको द्वन्द्वमा चीन पनि नराम्रोसित मुछिन पुगेको थियो । चीनमा निर्मित जे–१० सि लडाकू विमानले फ्रान्सेलि राफेल लडाकू विमान खसालेपछि भारत युद्धबिराम गर्न बाध्य भएको भन्ने समाचार फैलिरहेकै बेला लुम्बिनीमा चीन र भारतको कार्यक्रमसमेत जुझ्न पुग्यो । वैशाख २८ गतेको साँझलाई भारतीय दूतावासले त्यहाँ चित्रकला प्रदर्शनी र साँस्कृतिक कार्यक्रम गर्न निमन्त्रणा बाँडिसकेको थियो । सोही बमोजिम आयोजकहरू २७ गते साँझ नै मञ्च बनाउन कार्यक्रमस्थलमा पुगे । त्यस बेला त्यहाँ चिनियाँ दीप प्रज्वलन (मैनबत्ती बाल्ने कार्यक्रम) गर्दै थिए । आफूहरूले नै गर्ने भनेकै स्थानमा चिनियाँहरूको सक्रियता देखेपछि त्यहाँ पनि ल्हार्केलसित बम्किए ! ल्हार्केलले २८ गते भारतलाई कार्यक्रम गर्न स्वीकृति दिइसकेकाले चिनियाँलाई २७ गते छुट्याएको र तिनले आफ्नो कार्यक्रम बेलुकीको ९ बजेसम्म सकाउने बचन पाएको जानकारी गराउँदा पनि मानेनन् । रिसको झोकमा  आफ्नो निर्धारित साँस्कृतिक कार्यक्रम रद्ध गरे । मायादेवी मन्दिर अगाडिको चौरमा सानो चित्रकला प्रदर्शन गरेर फर्किए ।

सोही अवसरमा अमेरिकीले म्युजियममा कन्जर्बेसनसम्बन्धी कार्यक्रम भने राखेका थिए । भारतीयले सो कार्यक्रमप्रति भने कुनै आपत्ति जनाएनन् । लुम्बिनीमा पाकिस्तानी राजदूतलाई सहभागी गराउन खोजिएकोमा भारतीय राजदूत नविन श्रीवास्तवले भोलिपल्ट दूतावासमा नेपाली सांसदहरूलाई बोलाएर तत्सम्बन्धमा उनीहरुको मौनताप्रति आपत्ति जनाए । रात्री भोजमा पूर्व परराष्ट्रमन्त्री एनपी साउदले पाकिस्तानीलाई लुम्बिनीमा नबोलाउनुपर्ने हो सम्म भन्न भ्याए । मंगलबार राति दूतावासको उक्त रिसेप्सनमा साउदलगायत कांग्रेस सांसद उदयसमशेर राणा, राजेन्द्र बजगाईँ र चन्दा चौधरी पनि थिए । बुधबार बसेको संसदको बैठकमा सांसद चौधरीले चर्को स्वरमा सरकारको आलोचना गरिन् ।

लुम्बिनी विकास कोषको अन्तर्राष्ट्रिय बोर्डमा भारत, जापानलगायत पाकिस्तान पनि सदस्य छ । पाकिस्तान मुस्लिम राष्ट्र भए पनि त्यहाँको गान्धार, टक्सिला र स्वारजस्ता क्षेत्र बुद्ध धर्मको कला र सम्पदाले भरिपूर्ण छ । कुनै समय गान्धारले बुद्ध धर्मको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निभाएको थियो । त्यहाँ महायानी बौद्ध कला प्रचुर मात्रामा  पाइन्छ । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार