अछाम र बझाङमा समिट एयरको पुनः उडान हुने

 अछाम र बझाङमा समिट एयरको पुनः उडान हुने भएको छ। ६ महिनादेखि रोकिएको धनगढीदेखि अछाम र बझाङ हुने उडान पुनः सुचारू हुने भएको हो।

गत दशैदेखि अछाम, बझाङको हवाई उडान नगरेको समिट एयरले यही जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाएको छ। जेठ १९ गतेदेखि नियमित उडान सुरु हुन लागेको समिट एयरका अछाम प्रतिनिधि टंक कुँवरले बताए। उनका अनुसार अबदेखि अछाम, बझाङ जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुनेछ। कुँवरका अनुसार प्रत्येक हप्ताको सोमवार र बिहीवार अछाम र बझाङ उडान गरिने छ। 

सोमवार (१९ गते) धनगढी–अछाम र अछाम हुँदै नेपालगंज उडान भर्नेछ। विहिवार (२२ गते) भने धनगढी–अछाम र अछाम धनगढी उडान गर्ने कुँवरले जानकारी दिए। समिट एयरले धनगढी–अछाम र अछामदेखि नेपालगंजको भाडादर ४ हजार ५ सय कायम गरिएको कुँवरले बताए। अछाम प्रतिनिधिका लागि कुँवरलाई ९७४१७८४३९८ सम्पर्क गर्न सकिने बताइएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार