कैलालीमा सडक छेउमा फालिएको अवस्थामा एक नवजात शिशु फेला 

धनगढी– कैलालीमा एक नवजात शिशु रोईरहेको अवस्थामा फेला परेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका– १४ एच गाउँस्थित साईनोचोक नजिकै सडक छेउमा रोईरहेको अवस्थामा नवजात शिशु फेला परेको हो ।

बेवारिसे अवस्थामा फेला परेको सो शिशु सडक छेउको नालामा सालनाल सहित फेला परेको प्रहरीले जनाएको छ ।

Seti Hospital

स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । नवजात शिशुलाई प्रहरीले सकुशल उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बहुलियाका वरिष्ठ प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिए । शिशुलाई कोले जन्माएर बेवारिसे अवस्थामा छोड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार