ज्ञानेन्द्र शाहीको दाबी- मौद्रिक नीतिको ज्ञान नभएका पौडेलले राष्ट्र बैंक सम्हाल्न सक्दैनन्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई कानुनविपरीत नियुक्त गरेको बताएका छन्।

बुधबार सिंहदरबारमा बसेको संघीय संसद्अन्तर्गत अर्थ समितिमा बोल्दै शाहीले यस्तो उल्लेख गरेका हुन् ।

SHIKHAR COOL TECH

उनले खासमा पौडेल गभर्नर बन्न अयोग्य रहेको पनि बताए । उनले राष्ट्र बैंक ऐनमा गभर्नर बन्न कुनै पनि राजनीतिक पार्टीको सदस्य हुन् नहुने व्यवस्था रहेको स्मरण गराए ।

गभर्नर पौडेलसँग मौद्रिक नीतिको ज्ञानसमेत नभएको उनले उल्लेख गरेका छन् । नवनियुक्त गभर्नर पौडेलले कृषि विषय पढेको बताउँदै राष्ट्र बैंक सम्हाल्न नसक्ने पनि शाहीले जिकिर गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार