सुदूरपश्चिमबाट माओवादी अभियान कर्णाली प्रवेश

धनगढी : अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा माओवादी केन्द्रले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज कर्णाली प्रवेश गरेको छ।

सुदूरपश्चिम प्रदेशको अभियान सकेर अध्यक्ष प्रचण्डसहितका नेताका टोली आइतबार बिहान कर्णाली प्रदेशमा प्रवेश गरेको टोलीमै सहभागी माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। 

Galaxy

गएको शुक्रबार बैतडीको पाटनमा माओवादीले याे अभियानकाे उद्घाटन गरेको थियो।  

आज बिहान कम्युनिस्ट पार्टीको झण्डा र नेपालको राष्ट्रिय झण्डा सुदूरपश्चिम प्रदेश इञ्चार्जसमेत रहेका पोखरेल नेतृत्वको टाेलीले कर्णाली प्रदेश इञ्चार्ज कालीबहादुर खाम नेतृत्वको टोलीलाई हस्तान्तरण गरेको हो। 

कर्णाली प्रदेशका माओवादी नेताहरूले अध्यक्ष प्रचण्डसहितको टोलीलाई राकममा भव्य स्वागत गरेका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार