धनगढीमा भलिवल प्रतियोगिता हुदैं विजेताले पाउनेछन् एक लाख पुरस्कार

धनगढी । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा पहिलोपटक सुदूरपश्चिमस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। आगामी जेठ २९ देखि ३१ गतेसम्म धनगढी रंगशालामा सञ्चालन हुने प्रतियोगिताबारे मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लागत रूपमा टोलीहरु सहभागी हुनेछन्। खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने प्रावधान गरिएको छ भने विभागीय टोलीलाई सहभागिता दिइने छैन।

महासंघका प्रदेश अध्यक्ष प्रकाश कुमार चन्दका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई ५१ हजार र तेस्रो हुने टोलीलाई ३१ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, साथै उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र लिबरोलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइनेछ।

अध्यक्ष चन्दका अनुसार प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशलाई राष्ट्रव्यापी रूपमा भलिबलको केन्द्र (हव) को रूपमा चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा १०८ जना खेलाडी तथा प्रशिक्षक, साथै १२ जना मान्यता प्राप्त रेफ्रीको सहभागिता रहनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार