गभर्नरको अर्को विकल्पमा डा. अंगराज तिमल्सिनालाई अगाडि सार्ने देउवाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको तेस्रो विकल्पको रुपमा डा. अंगराज तिमल्सिनालाई अगाडि सार्ने तयारी गरेका छन् । 

डा. गुणाकर भट्टको विकल्पमा अघि सारिएका डा.विश्व पौडेलको योग्यता र वैधानिकताको विषयमा पनि धेरै प्रश्न उठ्न थालेपछि अर्थशास्त्रमा विद्यावारिधि गरेका र त्रिभुवन विश्वविद्यालयका ‘गोल्ड मेडलिष्ट’समेत रहेका तिलम्सिनालाई अघि सार्ने तयारी गरिएको हो । 

Seti Hospital

संयुक्त राष्ट्र संघीय विकास नियोग (यूएनडीपी)देखि विश्व बैंकको उच्च तहमा लामो समय काम गरेर अनुभव हासिल गरेका दार्चुलाका उनी राम्रो अर्थविद् मानिन्छन् । 
 
शुक्रबार बिहान सुदूरपश्चिमका केही नेता तथा विभिन्न क्षेत्रका अगुवाहरुले सभापति देउवालाई भेटेर तिमल्सिना गभर्नरका लागि योग्य र विवादरहीत व्यक्ति भएको बताउँदै उनलाई नै गभर्नर बनाउन उपयुक्त हुने सुझाव दिएका थिए । यस पटक गभर्नर सुदूरपश्चिमबाटै बनाउनुपर्ने उनीहरुको जोड थियो । 

गुणाकर भट्टको राजीनामा स्वीकृत नभएका कारण उनलाई गभर्नर बनाउन नसकिएको अवस्थामा तिमल्सिनालाई नै गभर्नर बनाउन देउवासँग सुदूरपश्चिमका अगुवाहरुको टोलीले दबाब दिएको थियो । 

देउवाका स्वकीय सचिव भानु देउवाले तिमल्निालाई गभर्नर बनाउन सुझाव मात्रै आएको बताए । उनले भने, ‘केही व्यक्तिहरु आउनु भएको थियो । माननीयहरु होइन् । उहाँहरुले गभर्नर बनाउन (अंगराजलाई) बनाउन सुझाव दिनुभएको हो । उहाँ नै हुनुहुन्छ भन्ने छैन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार