धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताकाे जिम्मेवारी फेरि १६ महिना पछि खगराज भट्ट पाएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीकाे उपस्थितिमा डडेल्धुरामा बसेकाे संसदीय दलकाे बैठकले दलकाे नेतामा भट्टलाई पुर्नवहाली गर्दै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेकाे हाे ।
प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेकाे जानकारी दिए ।
उनकाअनुसार उपनेता, प्रमुख सचेतक र सचेतकका सम्बन्धमा भने कुनै निर्णय भएको छैन् । १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलकाे अध्यक्षतामा बसेकाे बहुमत सांसदकाे बैठकले भट्टलाई हटाउदै दल नेतामा मानबहादुर धामीलाई चयन गरेकाे थियाे ।
त्यसपछि माओवादी प्रदेश संसदीय दल विभाजित बनेकाे थियाे । पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका भट्टलाई दलकाे नेतामा निरन्तरता दिन पार्टी अध्यक्ष प्रचण्डले पटक-पटक लिखित र माैखिक निर्देशन दिदै आएका थिए तर प्रदेश संसदीय दलले अटेरी गर्दै आएकाे थियाे ।
तर अध्यक्ष प्रचण्डले मध्यपहाडी लाेकमार्ग केन्द्रीत जनजागरण अभियान शुभारम्भ गर्न सुदूरपश्चिम आएका बेला आफ्नै उपस्थितिमा दलकाे बैठक राखेर नेता परिवर्तन गरेका हुन् ।
प्रतिक्रिया दनुहोस्