चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा

काठमाडौं  राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दूराज्य लगायतका मागहरु राखेर आगामी जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले सो घोषणा गरेको हो

आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने र राजसंस्था र हिन्दूराज्य पुनस्थापना नभएसम्म आन्दोलन नरोक्ने घोषणा गरिएको हो ।

उक्त आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका राजावादी शक्तिहरु रहेका छन् ।

उक्त आन्दोलनमा बाह्य शक्तिहरुको कुनै संलग्नता नरहेको समेत परिचालन समितिका संयोजक सुवेदीले बताएका छन् । जेठ १५ गतेबाट देशका विभिन्न स्थानमा स्वतस्फुर्त रुपमा धर्ना, जुलुस लगायत जनप्रदर्शनहरु हुने समेत बताइएको छ ।

त्यस्तै आन्दोलनलाई सफल बनाउने प्रत्येक जिल्ला, पालिका तथा वडाहरुमा संयुक्त जनआन्दोलन समिति गठन गर्ने प्रस्ताव समेत गरिएको छ ।

सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यो आन्दोलन नेपाली जनताका लागि नेपाली जनताद्वारा गरिने नेपाली जनताको राष्ट्रवादी आन्दोलन हुनेछ ।’

राजावादी शक्तिहरुले हिन्दूराज्य, राजतन्त्र पुनस्थापना, संघीयता खारेजी लगायतका मागहरु राखेर आन्दोलन गर्दै आइरहेका छन् । यसअघि विभिन्न समूहमा आन्दोलन गरे पनि अब भने राजावादी शक्तिहरु एकजुट भएर आन्दोलन गर्ने भएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार