मोटरसाइकल दुर्घटनामा परी  दार्चुलाका लेकम गाउँपालिकाका शिक्षा अधिकृतको मृत्यु

दार्चुला : दार्चुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

लेकम गाउँपालिका–४ गोदाली स्थित भित्री सडक खण्डमा रिठाचौपाताबाट सोही गाउँपालिका तर्फ जाँदै गरेको लेकम गाउँपालिका–४ खर्कुच्चा बस्ने ३६ वर्षीय केशब राज ओझाको मृत्यु भएको हो। ओझा लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख हुन्।

Galaxy

ओझाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प ७२९ नम्बरको मोटरसाइकल चलाई रहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसेर उनी गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाइते भएका ओझालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार