काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको टिप्पणी गरेका छन् ।
संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको गुनासो गरे ।
कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ,’ उनले भने ।
नीति तथा कार्यक्रमको प्रतिवद्धता र दृढता मुख्य कुरा भएको उनको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्