प्रधानमन्त्री केपी शर्मा ओलीले भने-‘मजदुरहरूको रगतले देशको झण्डा रातो भएको हो’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरूको रगतले देशको झन्डा रातो भएको बताएका छन् । १ सय ३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको झण्डा ख्याल ख्यालमा रातो नभएको बताउँदै मजदुरहरूको रगतले झण्डा रातो भएको बताए । उनले शान्तिको प्रतीक र शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर मजदुरहरूले बोकेका सेता झण्डाहरूमा गोलीका कारण रगतले झण्डा लतपतिएको बताए । 

Seti Hospital

प्रधानमन्त्री ओलीले रगतले लतपतिएका कारण झण्डा रातो भएपछि मजदुररूले अब उप्रान्त नेपालको झण्डा रातो हुने घोषणा गरेको स्मरण गरे । प्रधानमन्त्री ओलीले बलिदानबाट निस्किएका कुरा राता हुने बताउँदै देश, कम्युनिस्ट पार्टी, मजदुरहरूको झण्डा र रङ्ग रातो भएको जिकिर गरे । उनले संघर्ष र बलिदानका गाथाहरू र इतिहासलाई कहिले पनि नबिर्सिने प्रतिबद्धता व्यक्त गरे ।  

उनले भने, ‘आज हाम्रा संघर्ष र बलिदानका गाथाहरूलाई सम्झने दिन हो । इतिहासलाई सम्झने दिन हो । हाम्रो झण्डा कसरी रातो भयो, कतिपयले रातो झण्डा भन्छन् । ख्याल ख्यालमा रातो भएको होइन । गोली खाएर ढल्दा खेरी, झण्डा समातिराख्दा खेरी रगतले झण्डा रातो भएको हो । सेतो झण्डा बोकेका थिए मजदुरहरूले, शान्तिको प्रतीकको रूपमा बोकेका थिए । शान्तिपूर्ण, न्यायपूर्ण समाज हुनुपर्छ भनेर बोकेका थिए । जब रगतले लतपतिएर झण्डा रातो भयो, त्यसपछि उनीहरूले घोषणा गरे कि अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ । त्यसरी कम्युनिस्ट पार्टीको झण्डा, मजदुरहरूको झण्डा, मजदुरहरूको रङ्ग प्रमुख रूपमा रातो भयो । यस कारण बलिदानबाट निस्किएका कुरा राता हुन्छन् । हाम्रो देशको झण्डा पनि रातो छ ।  हामीले सङ्घर्षबाटै प्राप्त गरेको झण्डा हो । तसर्थ हामी यो सङ्घर्षको गाथा झल्काउने झन्डा, यो बलिदानको इतिहास झल्काउने तथा सम्झाउने झन्डा पनि छोड्ने छैनौँ । सङ्घर्षका गाथा, बलिदानलाई कहिने पनि बिर्सिने छैनौँ ।’ 

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले एमाले सधैँ राष्ट्रियता, प्रगति, उन्नति, विकास र श्रमजीवीहरूको हक र अधिकारको पक्षमा सक्रिय भएर लाग्ने जिकिर गरे । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार