काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा प्रमुख रुपमा गएराती शिक्षकहरुसँग भएको वार्ताको विषयमा छलफल हुने बताइएको छ । यस बैठकपछि सम्भवत आजै सरकारले केहि आवश्यक निर्णय लिएर शिक्षकहरुको आन्दोलन अन्त्य गर्ने तयारी भएको बताइएको छ ।
त्यसैगरी बैठकमा सरकारले शुक्रबार ल्याउन लागेको नीति तथा कार्यक्रमको विषयमा छलफल हुदैछ ।
प्रतिक्रिया दनुहोस्