शिक्षक आन्दोलनबारे शिक्षामन्त्रीको जवाफ माग

काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै शिक्षकहरू काँग्रेस, एमाले र माओवादीको मात्रै नभएको बताएका छन् ।

उनले भने, ‘शिक्षकहरूलाई पानीको फोहोरा हानेर मात्रै हुँदैन। तुरुन्त विद्यालय फर्काउने वातावरण बनाइयोस्। उहाँको जायज माग पूरा गर्न सरकार लागोस्, शिक्षामन्त्री नवनियुक्त हुनुहुन्छ उहाँले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्छ।’

उनले सरकारसँग तत्कालै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न पनि माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार