युवा वैज्ञानिकका रूपमा लुम्बिनी प्रदेश सरकारबाट सम्मानित मार्शल रोका बलात्कार मुद्दामा जेल चलान 

काठमाडौं  : लुम्बिनी प्रदेश सरकारबाट युवा वैज्ञानिकका रूपमा सम्मान थापेका दाङका मार्शल रोकालाई जिल्ला अदालत दाङले बलात्कार अभियोगमा जेल चलान गरेको छ । 

दाङको तुलसीपुर–९ की ३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत दाङका न्यायाधीश तेजनारायण पौडेलले घोराही–१६ निवासी रोकालाई सोमबार सात वर्ष कैदको फैसला सुनाएका हुन् ।

Seti Hospital

रोकालाई सात वर्ष कैदका साथै तीन लाख जरिवाना, ४० हजार रुपैयाँ क्षतिपूर्ति र १ हजार ३ सय रुपैयाँ राहत कोषमा जम्मा गर्ने फैसला भएको अदालतका श्रेष्तेदार दामोदर घिमिरेले बताए । 

पीडितले २०८० जेठ १६ गते जिल्ला प्रहरी कार्यालय दाङमा बलात्कारको कसुरमा उजुरी दिएकी थिइन् । उजुरीको भोलिपल्टै घरबाटै पक्राउ परेका रोकालाई प्रहरीले २०८० असार १० गते जबरजस्ती करणीसम्बन्धी मुद्दा चलाएको थियो ।

लुम्बिनी प्रदेश सरकारले उनलाई झारपातबाट ग्याँस उत्पादन गर्नुका साथै सल्लोको खोटोबाट उत्पादन गरिएको तेलले मोटरसाइकल चलाएर सफल परीक्षण गरेको भन्दै युवा वैज्ञानिकका रूपमा सम्मान गरेको थियो । उनले बनाएको खोटोको एक लिटर तेलले मोटरसाइकल १०० किलोमिटर गुडेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार