प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

ललितपुर : गृहमन्त्री रमेश लेखकले मानवको नियतले प्रकृतिमा असन्तुलन ल्याउँदा आफैँ जोखिममा पर्न सकिने चेतावनी दिएका छन् । ललितपुर महानगरपालिकाले २०७२ सालको विनाशकारी भूकम्पको स्मृतिमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

उनले विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारको समन्वय अपरिहार्य रहेको स्पष्ट पारे । उनले भने, ‘प्रकृति नियमले चल्छ, हामी नियतले । यदि हाम्रो नियतको कारण प्रकृतिको नियम बिगार्यौँ भने त्यसको परिणाम हामी आफैले भोग्नुपर्छ ।’

Seti Hospital

कार्यक्रममा बोल्दै मन्त्री लेखकले वातावरण स्वच्छ राख्न र संरचनात्मक सुदृढीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् । उनले विपद् आउनु अगाडि सतर्कता अपनाउनुपर्ने र विपद् आइसकेपछि प्रतिकार्य, पुनःस्थापना तथा पुनर्निर्माण प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए । ‘सरकार भनेको केवल मन्त्री परिषद मात्र होइन, सरकार नागरिक समग्र हो,’ उनले भने, ‘सबै नागरिक कुनै न कुनै हिसाबले सरकारसँग जोडिएका हुन्छन्, त्यसैले विपद् न्यूनीकरण सबैको साझा दायित्व हो ।’

गृहमन्त्री लेखकले नेपाल प्राकृतिक दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा रहेको उल्लेख गर्दै जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले भूकम्पजस्ता विपद्को पूर्वानुमान गर्न नसकिने भएकाले विगतका पीडाबाट पाठ सिक्दै भविष्यका लागि तयारी अवस्था आवश्यक रहेको बताए । कार्यक्रमको समापनमा मन्त्री लेखकले सम्पूर्ण सरोकारवालालाई एकजुट भएर विपद्का सम्भावित जोखिम न्युनिकरणमा जुट्न आग्रह गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार