आई लभ यू’ होइन, हिसाब देऊ केपी बा भन्नुपर्छ : घनश्याम भुसाल

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले लहडका भरमा संविधान संशोधन भए देश बहुआयामिक द्वन्द्वमा फस्न सक्ने चेतावनी दिएका छन्।

आज (मंगलबार) राजधानीमा १५६ औं लेनिन जयन्ती तथा नेकपा स्थापना ७६ औं वर्ष पुरा भएको अवसरमा आयोजना भएको विचार गोष्ठीमा बोल्दै भुसालले चेतावनी दिएका हुन् ।

Seti Hospital

महासचिव भुसालले प्रमुख तीन दलको कडा आलोचना गर्दै काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् ।

महासचिव भूसालले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरे । ‘संविधान संशोधनका कुरा उठेको छ ।

शासकको लहडमा संविधान संशोधन हुने हो भने देश बहुआयामिक द्वन्द्वमा फस्नेवाला छ । कसैले धर्म निरपेक्षताको नाममा, कसैले निर्वाचन प्रणालीको नाममा, कसैले शासकीय स्वरूपको नाममा त कसैले समावेशीको नाममा संविधान च्यात्नेवाला छन्’, चेतावनी दिँदै उनले भने ।

भुसालले देश असफल हुने, नेता तथा पार्टी सफल हुने अवस्था देखिएकाले अहिले शासक जहाँ गयो त्यहीँ विरोध हुने अवस्था आएको बताए । यो तहसम्मको अविश्वास हुँदा समेत प्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते भिड जम्मा गरेर आफू बलियो छु भनेर देखाउन खोजेको उनले आरोप लगाए। ‘शासकमाथि देखिएको विरोधलाई प्रतिवाद गर्न प्रधानमन्त्रीले वैशाख ११ गते ठूलाे मास जम्मा गर्दैछन् । दुर्भाग्य ! जुलुसमा आउनेहरूले पनि आइ लभ यु केपी बा भन्ने होलान् । उनीहरूले आइ लभ यु बा होइन । कमरेड केपी हाम्रो हिसाब देऊ । क्रान्तिको हिसाब देऊ । पार्टी विघटन, संसद् विघटन, लोकतन्त्रमाथि भएका आक्रमणको हिसाबकिताब देऊ भन्नुपर्ने हो’, उनले भने ।

भुसालले समाजवादी क्रान्तिका लागि उच्च तहको बौद्धिकता र दृढता आवश्यक रहेको बताए । जतिसुकै आलोचना भए पनि पुँजीवादीले लेनिनमाथि यी दुई कुरामा कसैले प्रश्न नउठाएको उनले जिकिर गरे । लेनिनको बौद्धिकता अनुकूलको दृढताले धेरै अर्थ राख्ने भुसालको भनाइ छ ।

शिक्षकको आन्दोलन चलिरहेका बेला उनीहरूका जायज माग सम्बोधन गर्नुको साटो शिक्षामन्त्रीलाई राजीनामा दिन बाध्य बनाएको भन्दै उनले सुरुमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे । ‘यत्रो आन्दोलन चलिरहेको छ । हाम्रो निरो बाँसुरी बजाएर बस्नु भएको छ, कमरेड ओली,’ भुसालले भने ।

विद्या भट्टराईलाई २०४६ सालको आन्दोलनदेखि आफूले चिनेको भन्दै उनले भने, ‘इमानको साक्षी बस्ने महिला हो उनी । उनी निस्किएकी छन् ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार