‘शिक्षामन्त्रीको राजीनामालाई लिएर प्रधानमन्त्री ओलीको ‘दानवीकरण’ गरिनु खेदजनक’ : विष्णु रिजाल

काठमाडौँ : नेकपा (एमाले) का नेता विष्णु रिजालले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नियोजित आक्रमण भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत रिजालले मन्त्री भट्टराईले ‘स्वास्थ्य कारण’ देखाउँदै राजीनामा दिएको भनिए पनि उनले स्वेच्छाले पद छाडेको दाबी गरेका छन्।

रिजालले लेखेका छन्, “जे कारण होला, उहाँले पदमा रहन चाहनुभएन। यही निहुँमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रमण गर्नु नियोजित छ।” उनले समस्याका बीचमा मन्त्री पद छाड्ने भट्टराईको ‘देवत्वकरण’ र समस्याको समाधानमा प्रयत्नरत प्रधानमन्त्री ओलीको ‘दानवीकरण’ गरिनु खेदजनक भएको उल्लेख गरे।

Seti Hospital

रिजालको यो भनाइले शिक्षामन्त्रीको राजीनामालाई लिएर सत्तारूढ दलभित्र र बाहिर भइरहेको राजनीतिक बहसलाई थप तीव्र बनाउने देखिन्छ। प्रधानमन्त्री ओलीले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार