सामन्ती निरंकुशता फर्काउने दुस्साहस भइरहेछ : प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल विश्वमा देखिएको गहिरो मानवीय संकटको समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्ने दाबी गरेका छन् ।

भ्लादिमिर इलिच लेनिनको जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले महान् लेनिनको योगदानको चर्चा गरे । उनले भने, ‘लेनिनले इतिहासमै पहिलोपटक श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी राज्य स्थापना गरेर शोषणमुक्त र न्यायपूर्ण समाज सम्भव छ भन्ने कुरा प्रमाणित गर्नुभयो। आजको असमानता, युद्ध, बेरोजगारी र वातावरणीय संकटले भरिएको विश्वमा उहाँको विचार अझ सान्दर्भिक बनेको छ ।’

Seti Hospital

उनले थपे, ‘आज हामी फेरि पनि प्रमाणित हुँदैछौं कि मानव जातिले भोगिरहेको संकटको समाधान क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग मात्रै छ ।’

प्रचण्डले नेपालमा विसं २००६ साल (१९४९ अप्रिल २२) मा कम्युनिस्ट पार्टी स्थापना भएको स्मरण गर्दै त्यसको उद्देश्य सामन्तवाद र साम्राज्यवादविरुद्ध जनवादी क्रान्ति हुँदै समाजवाद र साम्यवाद स्थापनातर्फ अघि बढ्नु रहेको बताए । उनले अगाडि भने, ‘कम्युनिस्ट आन्दोलन सुरु भएयता समाजका सीमान्तकृत जाति, वर्ग र समुदायका मुद्दाहरू प्रखर रूपमा उठेका छन्। लामो संघर्ष र बलिदानपछि आज हामीले राजतन्त्र अन्त्य गरी समावेशी, धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका छौं ।’

हाल केही प्रतिगमनकारी शक्तिहरूले जनताका उपलब्धिहरू खोस्ने प्रयास गरिरहेको भन्दै उनले सचेत रहन सबैलाई आग्रह गरे । ‘नेपालको परिवर्तन संघर्षको जगमा उभिएको हो, जसलाई युगौँदेखि जनताले सपना देख्दै आएका थिए । अब यसलाई जोगाएर समाजवादको यात्रा अगाडि बढाउनु आवश्यक छ,’ प्रचण्डको सन्देशमा भनिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार