प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन्।

आइतवार साँझ प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा प्रदेशको विकास र संवृद्धि बारे छलफल भएको बताइएको छ। मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिएन। प्रधानमन्त्री ओलीसमक्ष लगानी तथा विकास सम्मेलनले प्रदेशको विकास ठूलो टेवा पुग्ने मुख्यमन्त्री शाहले बताएका थिए।

Seti Hospital

भेटमा आर्थिक वर्ष २०८२÷८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरिएको थियो। प्रदेशका ठूला परियोजनाको बारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार