लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी हुन् । सोही निवेदनको प्रारम्भिक सुनुवाइका लागि आजको पेसी तोकिएको हो ।

Galaxy

सुप्रिम सहकारी घोटालासम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर सो आदेश उच्च अदालत बुटवलले चैत २२ गते उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सोही दिन राति प्रहरी लामिछानेलाई काठमाडौंस्थित निवासबाट नियन्त्रणमा लिएर भोलिपल्ट भैरहवा कारागारमा पठाइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार