काठमाडौं : रास्वपाका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका छन् ।
सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा लामिछानेलाई रिहा गर्न माग गर्दै आइतबार रिट निवेदन दर्ता भएको हो ।
उक्त रिट निवेदन सोमबारलाई पेसी तोकिएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ
उच्चको आदेश बदर गरी थुनाबाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका हुन् ।
प्रतिक्रिया दनुहोस्