व्यवस्था जोगाउन तीन शीर्ष नेता एकैठाउँ, राजावादीको आन्दोलन गैरराजनीतिक र आपराधिक भएको निष्कर्ष

काठमाडौं– प्रमुख तीन ठूला दलहरूका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले राजा ल्याउने नाममा भइरहेको आन्दोलनलाई गैरराजनीतिक, हिंस्रक र आपराधिक गतिविधिको संज्ञा दिएको छ।

Seti Hospital

स्रोतका अनुसार बैठकले अहिले प्राप्त संघीय गणतन्त्रसहितको व्यवस्था जोगाउन तीनै नेता एकै ठाउँ उभिने निष्कर्ष पनि निकालेको छ ।

‘संघीय गणतन्त्र जोगाउन एक ठाउँमा उभिने सहमति तीन नेताबीच भएको छ’ स्रोतले भन्यो, ‘पूर्वराजावादीको आन्दोलन हिंस्रक, गैरराजनीतिक र आपराधिक रहेको ठहर पनि गरेको छ ।’

यस बैठकले व्यवस्थाविरोधी कुनै पनि गतिविधिविरूद्ध एकजुट भएर उभिने पनि निष्कर्ष पनि निकालेको छ ।

यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी थिए । त्यसैगरी गृहमन्त्री रमेश लेखक र एमाले नेता अग्नि खरेल पनि बैठकमा सहभागी थिए ।

छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुराउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्रध पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ।

छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार