बाजुरामा रहेको गेटा आँखा अस्पताल प्रमुख धनगढीमा लागुऔषधसहित समातिए

भक्तराज जोशी

धनगढी । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन् ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको चौराहबाट लागुऔषध खैरो हेरोईनसहित पक्राउ गरेको हो ।

Seti Hospital

जिल्ला प्रहरी कार्यालयकाअनुसार विशेष सूचनाका आधारमा बानियासहितका दुई जनालाई धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट प्लाष्टिकसहित १० ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको छ । उनीसँगै मोटरसाइकलमा सवार मेकेन्द्र गिरी पनि पक्राउ परेका छन् ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार