तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी, हिरासतमै छन् रवीन्द्र मिश्र

काठमाडाैं : तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर जबरालाई छाड्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्ने तयारी गरेको हो । 

उनलाई उपचारका लागि छाड्ने तयारी भएको बताइएको छ । क्यान्सरका बिरामी रहेका धवललाई नियमित चेकजाँचको लागि अस्पताल जानुपर्ने भएकोले उनलाई छाड्न लागिएको बताइएको छ । 

Seti Hospital

उनी उपचारको लागि भारत जाने र उपचार लगत्तै पुनः कानुनी प्रक्रियामा ल्याइने तयारी छ । राजावादी समूहले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राप्रपाका नेता रवीन्द्र मिश्रसहित धवललगायत सोही दिन पक्राउ परेका थिए । रवीन्द्र भने अहिले हिरासतमै रहेका छन् ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार