धनगढी । धनगढीलाई सुन्दर र फोहोररहित नगर बनाउने उद्धेश्यले हुलाकी राजमार्गमा जोडि डस्टबिन राखिएका छन् ।
हाल धनगढीको क्याम्पस रोडदेखि मनेहरा कालिकाचोकसम्म हुलाकी राजमार्गमा कुल ७९ वटा जोडी डस्टबिन राखिएका छन् । डस्टबिनहरु कुहिने र नकुहिने दुवै फोहोरका लागि राखिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार खासगरी ती डस्टबिनहरु सडक यात्रुलाई लक्षित गरेर राखिएका हुन् ।
विशेष गरी धनगढीमा सडक यात्रुले गर्ने फोहोरका कारण सहर कुरुप हुने भन्दै सडकको दुवै किनारमा आवश्यकता अनुसार डस्टबिन राखिएका छन् । नगरपालिकाले आफूले सामान प्रयोग गरिसकेपछि कुहिने र नकुहिने छुट्यार डस्टबिनमा फाल्न पनि अपिल गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः





प्रतिक्रिया दनुहोस्