काठमाडौं : मुख्य प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार बिचौलिया जोगाउन बनेको षडयन्त्रको रहेको दाबी गरेका छन्।
‘वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार हो’, विहीबार रुपन्देहीको भैरहवामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले भने,‘यो असंवैधानिक र दुई नेताको छलछामको सरकार हो।’
सरकार बनाउँदा कांग्रेस र एमालेका एक दुई जना नेता बाहेक अरुलाई थाहा नदिई अपारदर्शी ढंगले बिचौलिया र भ्रष्टाचारीलाई बचाउन बनेको दाबी गरे।
यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको बताएका उनले भने,‘मैले यो सरकारले विश्वासको मत लिने बेलामा नै संविधानको धारा ७६ (३) अनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने भनेको हो।’
प्रतिक्रिया दनुहोस्