धनगढी हाफ म्याराथुनको उपाधि आर्मीका खड्कालाई

धनगढी । धनगढी जेसीजले आयोजना गरेको ‘चैतन्या धनगढी दौडिन्छ २०२५’ हाफ म्याराथनको उपाधि नेपाली सेनाका खडकबहादुर खड्काले हात पारेका छन् ।

उनले २१ दशमलब एक किलोमिटरको दूरी एक घण्टा तीन मिनेट २१ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । उनले उपाधिसंगै ७५ हजार रकम हात पार्न सफल भए ।

Seti Hospital

यस्तै, सोही क्लबका राजन रोकायाले निर्धारित दूरी एक घण्टा छ मिनेट सात सेकेण्डमा पूरा गरि द्धितिय बन्न सफल भएको आयोजक धनगढी जेसिजका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । उपविजेता रोकायाले ५० हजार नगद पाउन सफल भएको भट्ट्ले बताए ।

एक घण्टा १० मिनेटमा निर्धारित दू पार गर्दै आर्मीका नरेन्द्रसिंह रावत तेस्रो बन्न सफल भए । उनलाई आयोजकले नगद २५ हजार रुपैयाँ प्रदान गरेको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए ।

यस्तै आयोजकले तीन विधामा गरेको हाफ म्याराथुनको कर्पोरेट महिलातर्फको विद्यामा लक्ष्मी भट्ट प्रथम, कमला बडवाल द्धितिय र शान्ता वली तृतिय भईन भने पुरुषतर्फको विद्यामा क्रमशः विक्रम पार्की, देवेन्द्र चन्द र चन्द नाथ छन् ।


उनीहरुलाई नगद सात हजार पाँच सय, उपविजेताले नगद पाँच हजार र तेस्रो हुनेले नगद दुई हजार पाँच सय प्रदान गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार