नेपालमा विदेशीहरू रोजगारीका लागि आउने परिस्थिति निर्माण गर्ने मिसनमा छौँ : अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली श्रम बजारमा विदेशीहरू रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने बताएका छन् । 

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३० र ३१ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्  । उनले देशभित्र रोजगारीका अवसरहरू सिर्जना गर्ने र देशका नागरिकहरूलाई खुसीसाथ स्वदेशमै राख्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताए  । 

Seti Hospital

अहिले नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारीका लागि जाने गरेको भन्दै नेपाली श्रम बजारमा विदेशीहरूले रोजगारीका निम्ति आउने परिस्थिति निर्माण गर्ने मिसनमा अघि बढिरहेको उनको भनाइ छ  । अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा पुगेका नेपालीहरू पुँजी र सीप लिएर फर्किरहेको बताए । आफ्नो पुँजी र सीपलाई सदुपयोग गरेर राष्ट्र निर्माणमा योगदान गरिरहेको बताए  । 

उपप्रधानमन्त्री पौडेलले आज नेपालीहरू अन्तर्राष्ट्रिय श्रम बजारमा जाने अवस्था रहेको भन्दै सम्मानित र सुरक्षित ढंगले श्रम बजारमा उपस्थिति जनाउनसक्ने, आर्थिक उपार्जन गर्न सक्ने र सुरक्षित ढंगले आफ्नो देश फर्किन सक्ने परिस्थिति निर्माण गर्न सक्नुपर्ने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार